१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

रिक्सा चालक तिमल्सिनाको उदाहरणीय काम



रौतहट ।

सबै धनका धनी भए पनि मनका धनी हुदैनन् तर धनका धनी नभए नि मनका धनी रिक्सा चालक केदार तिमल्सिनाले एक असहायलाई राहत सहयोग प्रदान गरेका छन् ।
रौतहटको गौर नगरपालिकामा ट्याक्टर चालकको रुपमा काम गर्दै आएका चन्द्रपुर ९ डुमरियाका अन्दाजी ३५ बर्षिय सुरेश माझी मुशहर ट्याक्टर दुर्घटनामा परेर ढाडको करङ्ग खुस्केर ओच्छ्यानको ओछ्यान मै परेका मुसहरलाई तिमल्सिनाले राहत सहयोग गरेका हुन् ।
दुई छोरा र एक श्रीमती सहित चार परिवारमा एक मात्र कमाई गरि खाने माझी मुसहर अलि अलि भएको सम्पती पनि उपचार मै खर्च गरेर सके पछि अहिले चार बर्ष देखी ओच्छ्यानको ओच्छ्यान मै पर्नु भएको छ । घरमा खाने चिज त नभएको बेलामा उपचार के ले गर्नु उहाँ मरणबरणको दोसाधमा हुनु हुन्छ । सहयोग गर्ने कोहि भएन भन्दै आशु झार्दै बिलाउना पोख्नु हुन्छ मुसहर कि श्रीमती ।
उहाले काम गर्न सकुन्जेल जसोतसो जीवन गुजरा भएको थियो तर उहाको अबस्था यस्तो भए पछि न त नगरपालिका ले हे¥यो, नत हेर्ने अरुले नै ।

तिमल्सिनाले बेला बेलामा मुसहरलाई खाद्यान्न लताकपडा सहयोग गर्दै आउनुभएको छ । बुधबार पनि आफु ले दुई बोरा चामल नुन तेल तरकारी लगायत खाद्यन्न सामग्री बितरण गरेको तिमल्सिनाले बताउनुभयो । आफु धनको धनी नभए नि मनको भने केहि धनी भएको आफुले महसुस गरेको र गरिब दुखी असहायको सेवा गर्न पाउँदा साह्रै नै आनन्द प्राप्त हुने गरेको रिक्सा चालक केदार तिमल्सिनाको भनाई छ ।
उहाँ भन्नुहुन्छ, “चुनाब ताका घर घरमा पुगेर हात जोर्दै जनताको मत माग्दै हिड्ने नेता सबै हराए अहिलेका जनप्रतिनिधी पनि कता छन्, एउटा गरिब मजदुरको दुख पिडा सुन्ने र सहयोग गर्ने कोहि नभएको प्रती साह्रै नै घृणा जागेर आउँछ ।”

प्रकाशित मिति : १७ भाद्र २०७५ आइतबार ००:००  २ : ४४ बजे