१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आज चुरे क्षेत्रमा ठूलो पानी पर्न सक्ने



काठमाडौं ।
आइतबार उपत्यकासहित देशको धेरैजसो ठाउँमा सामान्यदेखि मध्यम खालको वर्षा भैरहेको छ । आइतबार दिनभरजसो मौसम यस्तै भैरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाकी मौसमविद् शान्ति कँडेलले आइतबार दिनभरजसो देशका विभिन्न भूभागमा सामान्यदेखि मध्यम किसिमको वर्षा हुने जानकारी दिनुभयो ।

उहाँका अनुसार आइतबार दिउँसो चुरे क्षेत्र र तराइका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । यस्तै, आइतबार राति पूर्व र मध्य क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७५ आइतबार ००:००  २ : ४८ बजे