६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

कपिलवस्तुमा ३८ बर्षिय महिला बलात्कृत, तीन अभियुक्त पक्राउ



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुमा एक महिला बलात्कृत भएकी छिन् । जिल्लाको बिजयनगर गाउँपालिका– ७ की अन्दाजी ३८ बर्षिय महिला बलात्कृतको शिकार भएकी हुनु । उनी ८ महिने गर्भवती भएको बताइएको छ । घरमा श्रीमान नभएको मौका छोपी गत भदौ १२ गते राती १० बजेतिर ती महिला माथि जबरजस्तीकरणी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ३ जनाले महिला माथि बलात्कृत गरेका हुन् ।

महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पीडीत महिलाका श्रीमानले भदौ १३ गते किटानी जोहरी दिए पछि स्थानीय बकान्चु केवट, प्रल्हाद केवट, बर्षादी केवट पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक रबि रावलले बताए ।

राम्ररी बोल्न नसक्ने र मानसिक रुपमा कमजोर रहेकी ८ महिने गर्भवती महिलालाई तीन जनाले बलत्कार गरे पीडीत महिलाका श्रीमानले प्रहरीलाई दिएको जाहेरीलाई उदृत गर्दै ईलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ । बर्षादी भदौ १३ गते र भदौ १४ गते प्रहद पक्राउ परेको प्रहरीले जनाएको छ ।

फरार रहेका घटनाका मुख्य आरोपी बकान्चु केवटलाई कृष्णनगरबाट आइतबार साँझ मात्र पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गशेणपुरका प्रहरी निरीक्षक नविन पौडेलले बताए । घटनाको अनुसन्धान र ओरोपीहरु संग बयान लिने काम भईरहेको उनले बताए । पीडीत महिलालाई उपचारक लागि बहादुरगंज अस्पताल लगिएको थियो । उपचार पछि उनलाई घर पठाईएको र उनको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक पौडेलले बताए । पक्राउ परेका अभियुक्तहरु बिरुद्ध जबरजस्तीकरणी अन्तर्रगत मुद्दा चलाईने उनले बताए ।

प्रकाशित मिति : १८ भाद्र २०७५ सोमबार ००:००  १ : ४३ बजे