११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

जलेका वच्चालाई आर्थिक सहयोग



शिवलाल सुवेदी, गुल्मी ।
तातो पानीले जलेका बच्चालाई हङकङ लगायत अन्य देशहरुवाट आर्थिक सहयोग जुटेको छ । तातो पानीले जलेर गम्भिर अवस्थामा रहेर उपचारका लागि आर्थिक अवस्था अत्यन्तै कमजोर भएका जिल्लाको इस्मा गाउँपालिका ३ का उमेश कुमाललागि हङकङ लगायत अन्य देशवाट आर्थिक सहयोग जुटेको हो । जिल्लाको मुसिकोट नगरपालिका घर भई हाल हङकङमा कार्यरत वावुराम पछाईले त्यहाँ कार्यरत नेपालीहरुवाट कुमालको उपचारका लागि ५० हजार आर्थिक रकम सकंलन गरेर नेपाल पठाएका छन । हङकङ क्षेत्री समाजका उपाध्यक्ष समेत रहेका पछाईले सकंलन गरि पठाएको उक्त रकम उपचारका लागि वालकको परिवारलाई हस्तान्तरण गरिएको छ ।

यता दुवई समाज गुल्मीले पनि वालकको उपचारका लागि भन्दै ५० हजार आर्थिक सहयोग गरेको छ । गुल्मी जिल्ला घर भई दुवईमा कार्यरत नेपालीहरुवाट सकंलन गरि पठाएको उक्त रकम पनि समाजका पुर्व उपाध्यक्ष कमल कार्कीले अस्पतालमै पुगेर परिवारलाई हस्तान्तरण गरेका छन ।

त्यस्तै वालकको उपचारका लागि भन्दै अन्य विभिन्न देशमा रोजगारीका लागि गएका नेपालीहरु , स्वदेशका विभिन्न स्थानहरुवाट पनि आर्थिक सहयोग जुटिरहेको छ । आर्थिक अवस्था एकदम कमजोर भएकाले वालकको उपचारका लागि जिल्लाका सञ्चारकर्मीहरुले सहयोग सकंलन अभियान सञ्चालन गरेका थिए । बालकको पछाडि पट्टिको शरीर पुरै जलेको थियो । युनाईटेड मिसन अस्पतालमा उनको उपचार भैरहेको छ । उपचारमा सलग्न चिकित्सकहरुका अनुसार उमेस कुमालको धेरै सुधार भएको बताइएको छ । वच्चाका आमावावा अपाङ्ग जस्तै छन ।

प्रकाशित मिति : १८ भाद्र २०७५ सोमबार ००:००  ३ : २२ बजे