१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्यु



दक्षिण कोरिया । 

दक्षिण कोरियामा कार्यरत एक नेपालीको सुतेकै अवस्थामा मृत्यु भएको छ । आइतबार राती खाना खाएर सुतेका कैलालीका प्रमोद चौधरीको सुतेकै अवस्थामा मृत्यु भएको हो ।  कैलाली घर भई विगत ३ वर्षदेखि कोरियामा कार्यरत वर्ष २९ का चौधरीको सोमबार विहान सुतेकै अवस्थामा मृत्यु भएको कोरियाका लागि नेपाली श्रम सहचारी डिल्लीराम बाँस्तोलाले जानकारी दिए ।

चौँधरी छन्छन नाम्दो स्थित एक बंगुर फार्ममा कार्यरत रहेका थिए । ‘आइतबार साँझ सँगै खाना खाएर सुतेका सहकर्मी विहान अवेर सम्म नउठेपछि साहुलाई खबर गरेको र तुरुन्त अस्पताल पुर्याईएपनि अस्पतालले मृत घोषणा गरेको खबर उनि सँगै बस्ने साथिहरुबाट पाएका छौँ’ बाँस्तोलाले भने ।

प्रकाशित मिति : १९ भाद्र २०७५ मंगलबार ००:००  २ : ३१ बजे