६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

आयोनले बुझायो बलत्कारका घटनाको बिरुद्ध मन्त्री समक्ष ज्ञापन पत्र



मायादेवी अनलाइन, कपिलवस्तु ।
नेपाल युवा संस्था संजाल (आयोन) प्रदेश नं. ५ ले प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बराललाई पाँच बुँदे माग पत्र बुझाएको छ । देशका विभिन्न स्थानमा बालिका र महिला माथी बलत्कार तथा हिंसाका घटना बढ्दै गएको प्रति आयोनले प्रदेश सरकारले गम्भिर ध्यानाकर्षण गराएको छ । प्रदेशमा यस्ता खालका घटना हुन नदिनका लागि प्रदेशका मन्त्रीलाई ज्ञापनपत्र बुझाएको आयोन ५ नं प्रदेश संयोजक थानेश्वर अधिकारीले बताउनुभयो ।

आयोनका सदस्य संस्था सामाजिक परिवर्तनका लागि युवा अभियान कपिलवस्तुको समन्वयमा रिलेक नेपाल कपिलवस्तु, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कपिलवस्तु, राष्ट्रिय संगितकर्मी संघ प्रदेश नं ५, लक्ष्मणघाट सामाजिक विकास केन्द्र लगायत करिब एक दर्जन भन्दा बढी संस्थाले घटना विरुद्ध लाग्ने ऐक्यबद्धता जनाएका छन् ।

मन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा स्थानीय तहका टोलटोल देखि सबै ठाँउमा बलात्कार बिरुद्धको अभियान संचालन गर्नुपर्ने, आम जनमानस देशको सुरक्षा व्यवस्था प्रति विश्वस्त हुन सक्ने कार्यको सुनिश्चितता गरिनुपर्ने, राज्य सरकारले ‘ठुलालाई चैन सानालाई ऐन’ भन्ने उक्तिलाई मित्था साबित गरिनुपर्ने, कानुनले कसैलाई पनि विभेद नगरि दोषिलाई सजाय र पिडितलाई यथासक्य न्यायको आभाष दिनुपर्ने, यौन तथा प्रजनन स्वास्थ्य अधिकारका कुराहरु पाठ्यक्रममा समावेश गरि हरेक तहका कक्षामा पढाउनुका साथै पठनपाठन बाहिर रहेका युवाहरुलाई आत्मरक्षाको तालिमको पनि व्यवस्था गर्नुपर्ने, यौनजन्य, तथा महिला विरुद्ध हुने हिंसाको अन्त्य गर्न प्रदेश सरकार र स्थानीय सरकारले आ–आफ्नो क्षेत्रमा नीति तथा कार्यक्रमको निर्माण गरि प्रभावकारी कार्यान्वयन गर्नुपर्ने लगायतका बँदा समावेश छन् ।

नेपाल युवा संस्था संजाल (आयोन) ५ नं प्रदेशको माग पत्र बुझ्दै मन्त्री बरालले आयोन र सामाजिक परिवर्तनका लागि युवा अभियानले बुझाएको ज्ञापनपत्र माथि आफ्नो गम्भिर ध्यानाआकर्षण भएको बताउनुभएको छ । सो बिषयमा आफुले प्रदेश सरकार र सम्बन्धित निकायमा आवाज उठाउने तथा दोषीलाई कानुन सम्मत कारबाही गर्न पिडितलाई राहत तथा उचित क्षतिपुर्तिका दिन सम्बन्धित निकायले पहल गर्नुपर्ने बताउनुभयो । साथै प्रदेश नं ५ को तर्फबाट यस्ता बिषयमा सचेतना मुलक कार्यक्रम संचालन गर्न आफुले आवश्यक पहल गर्ने जनाउनुभएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७५ मंगलबार ००:००  ४ : २१ बजे