१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सर्टिफिकेट धितोमा क्रण पाइने



काठमाण्डौं ।
आगामी मंसिरसम्म शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण उपलब्ध हुने भएको छ । यो व्यवस्था कार्यान्वयनको प्रकृया अन्तिम चरणमा पुगेकोले समयमै काम सकिए आगामी मंसिरबाट शैक्षिक प्रमाणत्रप धितो राखेर ऋण पाउन सकिने अर्थमन्त्रालयले जनाएको छ ।
चालू आर्थिक वर्ष २०७५–७६ को बजेटमा उच्च शिक्षा प्राप्त युवालाई व्यवसायमा आकर्षित गर्न सरकारले ब्याज अनुदानमा ऋण उपलब्ध गराउन तयार पारेको कार्य्विधि मन्त्रिपरिषद् कार्यालय पुगेको छ । मन्त्रीपरिषद्मा पुगेको उद्यमशिलताका लागि सामान्य कर्जा तथा ब्याज अनुदानमा सहुलियतपूर्ण कर्जा व्यवस्था कार्यान्वयनसम्बन्धी बनेको ‘एकीकृत कार्य्विधि’ मा शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा पाइने उल्लेख छ ।
अर्थको कार्ययोजना अनुसार उक्त कार्य्विधि मन्त्रिपरिषदबाट स्वीकृत भएपछि असोजमा ऋण दिन प्रस्ताव मागिनेछ ।कात्तिकभित्र प्रस्ताव मूल्यांकन गर्ने र मंसिरबाट प्रकृया सुरु गर्ने अर्थको योजना छ ।
स्नातक उत्तीर्ण युवाले मात्र शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाउने भएका छन् । अर्थका अनुसार जुनसुकै बिषय पढेका र कम्तिमा स्नातक उत्तीर्णले बैंक तथा वित्तीय संस्थाबाट शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियतपूर्ण ब्याज दरमा ऋण पाउन सक्नेछन् भने प्लस टु पास गरेका विद्यार्थीले भने क्रण लिन पाउने छैनन् ।
व्यवसायको प्रकृति हेरेर स्नातक उत्तीर्ण युवाले ५ लाख देखि ७ लाख रुपैयाँसम्म शैक्षिक प्रमाणपत्र धितोमा कर्जा पाउनेछन् ।

प्रकाशित मिति : २० भाद्र २०७५ बुधबार ००:००  ३ : २३ बजे