६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

टिकट बुकिङमा अन्योल उत्पन्न



काठमाण्डौं ।
यो वर्ष पनि दशैंको अग्रीम टिकट बुकिङमा अन्योल उत्पन्न भएको छ । सरकारसँग व्यवसायीले दशैंअघि नै भाडा समायोजन गर्न र कम्पनीमा गएपछि आउने विभिन्न नीतिगत अप्ठेराहरु सम्बोधन गर्न माग गरेपछि टिकट बुकिङमा अन्योलता थपिएको हो ।
दशैँअघि बढेको पेट्रोलियम पदार्थअनुसार मूल्य समायोजन नभए दशैंमा गाडी चलाउन अप्ठेरो पर्ने जानकारी व्यवसायीले सरकारलाई दिएका छन् ।
यसवर्ष सरकारले यातायात समितिहरुको नवीरकण रोकेर पुससम्म व्यवसायीहरुलाई कम्पनीमा जान समय दिइएका यस्तो समस्या सिर्जना भएको व्यावसायिले बताएका छन् ।

अहिले व्यवसायीले सवारी दुर्घटनामा घाइतेहरुको उपचार खर्च, क्षतिपूर्ति लगायतका मुद्दा बीमामार्फत सम्बोधन नभएसम्म बुकिङ खोल्न नसकिने बताएका छन् । यस्तै तेल भाउ लगातार बढिरहँदा पनि भाडा समायोजन नभएकाले वैज्ञानिक तवरबाट भाडा वृद्धि गर्न उनीहरुको माग छ । यसो नभएमा दशैंमा गाडी जोखिम मोलेर घाटामा सवारी चलाउन नसकिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला बताउनु भयो ।

प्रकाशित मिति : २० भाद्र २०७५ बुधबार ००:००  ३ : २६ बजे