१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

फेरि बलात्कारको घटना



रुपन्देही ।
मुलुकमा बलात्कारका घटनाले सिमा नाघ्दै गएको छ । दैनिकजसो बलात्कारका घटना सार्वजनिक भइरहेका बेला रुपन्देहीमा पनि एक बालिका बलात्कृत भएकी छन् । इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ६ की १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय २२ वर्षीय फिरोज अहमद मुसलमान पक्राउ परेका छन् ।
बालिकालाई फिरोजले मिठाई खुवाउने प्रलोभनमा पारेर लुम्बिनीको एक होटलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
होटलमा लगेर बलात्कार गरेपछि फिरोजले मोबाइलबाट खिचेको नग्न तस्बिर फेसबुकमा पोस्ट गर्ने धम्की दिँदै गर्दा प्रहरीले ती बालिकालाई उद्धार गरेको प्रहरी निरीक्षक शंकर पोखरेलले बताउनु भयो ।

प्रकाशित मिति : २० भाद्र २०७५ बुधबार ००:००  ३ : ३९ बजे