१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सैनामैनामा बसको ठक्करबाट दुई पैदलयात्री घाइते



सुरेश परियार, सैनामैना ।

सैनामैनामा मिन बसको ठक्करबाट ३ जना घाइते भएका छन् । बिहीबार विहान करिब ५.३० बजेको समयमा पुर्व पश्चिम राजमार्ग अन्र्तगत सैनामैना वडा नम्बर ६ स्थित दुधराक्षमा पश्चिमबाट पुर्व तर्फ आइरहेको लु २ ख ५८८ नम्बरको मिनी बसले सोही दिशामा मर्निङवाक गरिरहेका पैदल यात्रीद्धयलाई ठक्कर दिंदा सैनामैना वडा नम्बर ६ बस्ने १५ वर्षिय सन्दीप विक र सोही ठाउँ बस्न १५ वर्षिय अजित ओझा घाइते भएका हुन् ।

सोही मिनि बसले विपरित दिशाबाट आइरहेको लु२ च ४०५४ नम्बरको मणिमुकुन्द कलेज भ्यान लाई ठक्कर दिदा भ्यान चालक बुटवल उपमहानगरपालिका वर्ष ३८ का हरिशंकर चौधरी घाइते भएको ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिपेश बस्यालले जानकारी दिनुभयो ।

घाइते ३ जनालाई उपचारका लागी लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ ।ठक्कर दिने मिनि बस सहीत चालकलाई तत्काल नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको सालझण्डी प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २१ भाद्र २०७५ बिहिबार ००:००  २ : २८ बजे