१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गुल्मीमा बाघको आक्रमणबाट एक घाइते



शिवलाल सुवेदी, गुल्मी ।
गुल्मीमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छिन । जिल्लाको धुर्कोट गाँउपालिका वडा नम्बर ४ जैसिथोक, भुवान गैराखर्ख निवासि ३१ बर्षिय तारादेवी पोखरेल घाइते भएको स्थानिय कृष्ण अधिकारीले जानकारी दिए । बिहिवार बिहान ६ बजे खोरबाट बाख्रा बाहिर निकाल्ने क्रममा उनलाई झम्टेको थियो । बाघले पोखरेलको अनुहार र गर्धनमा चोट पुर्याएको छ । उनलाई बिहानै जिल्ला अस्पताल तम्घास ल्याई उपचार भइरहेको वडाध्यक्ष मान बहादुर कुँवरले बताए । खोरमा बसेको बाघको आक्रमणबाट २ वटा बाख्रा समेत मारेका छन् । पछिल्ला समयमा गाँउमा बाघको बिगबिगी बढ्दै गएकोले सबैलाई सजक रहन समेत अध्यक्ष कुँवरले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २१ भाद्र २०७५ बिहिबार ००:००  २ : ३६ बजे