१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

फेरी बढ्यो पेट्रोल, डिजेल, मट्टीतेलको भाउ



काठमाण्डौं ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र एलपी ग्यासको भाउ बढाएको छ । पेट्रोलमा लिटरको १ रुपैयाँ, डिजेल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ भाउ बढेको निगमले जनाएको छ ।

भाउ बढेपछि अब पेट्रोल लिटरको १ सय १२ रुपैयाँ, डिजेल र मट्टीतेल ९८ रुपैयाँ तथा खाना पकाउने ग्यासको मूल्य १४ सय रुपैयाँ पुगेको छ । अन्तर्रा्ष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेको तथा अमेरिकन डलरको तुलनामा नेपाल र भारतीय रुपैयाँको अवमूल्यन भएकाले भाउ बढाउनु परेको निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७५ बिहिबार ००:००  ७ : ३२ बजे