१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

फोरम अर्घाखाँचीमा पनि विस्तार



इमरान खान, अर्घाखाँची ।
संघीय समाजवादी फोरम नेपाल अर्घाखाँची जिल्लामा पनि विस्तार भएको भएको छ । अर्घाखाचीमा भएको एक भेलाले जिल्ला समन्वय तदर्थ समिति गठन गरेको छ ।
भेलाले नेत्र थापा मगरको अध्यक्षतामा ११ सदस्यिय जिल्ला समन्वय तदर्थ समिति गठन गरेको हो । जसको उपाध्यक्षमा भिमबहादुर दर्लामी, सचिवमा जितबहादुर दर्लामी, सहसचिवमा संजय थापा र अन्य सदस्यहरुमा रहनुभएको छ ।
साथै जिल्लाको सन्धिखर्क, भमिकास्थान, सितगंगा नगरपालिका र मालारानी, पाणिनी र छत्रदेव गाउँपालिकामा आगामी असोज मसान्त भित्र कार्यसमिति गठन गर्ने फोरम नेपालका ५ नम्बर प्रदेशका सचिवालय सदस्य रामु यादवले जानकारी दिनुभयो ।
भेला जिल्लामा पार्टीका नेता नविन सुनुवार, अशोक कुमार यादव, रामु यादव, निलम यादव लगायतको उपस्थिती रहेको थियो ।
यस अघि फोरम नेपालले पाल्पा र गुल्मीमा पनि जिल्ला समन्वय तदर्थ समिति गठन गरिसकेको पार्टीका युवा नेता अकरम पठानले बताउनुभएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७५ शुक्रबार ००:००  ३ : २६ बजे