२९ असार २०८२, आइतबार | Sun Jul 13 2025

आज मोती जयन्ती मनाईदै



मायादेवी अनलाइन, कपिलवस्तु । 

नेपाली साहित्यका विशिष्ट व्यक्तित्व मोतीराम भट्टको जयन्ती देशभर विभिन्न कार्यक्रमका साथ आज मनाइँदैछ ।

नेपाली गजल साहित्यका विशिष्ट व्यक्ति भट्टको विसं १९२३ सालको भाद्र कृष्ण औँसी (कुशे औँसी)का दिन जन्म भएकोले यस दिनलाई मोतीजयन्तीका रूपमा मनाइन्छ ।

श्रृङ्गार रसलाई केन्द्रविन्दुमा राखेर गजल साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका भट्टले कथा, नाटक र निबन्धसमेतको रचना गनर्’भएको थियो ।

तीस वर्षकै अल्पायुमा विसं १९५३ सालको भाद्र कृष्ण औँसी(कुशे औँसी)कै दिन निधन भएका भट्टलाई माध्यमिककालीन नेपाली श्रृङ्गारिक साहित्यका प्रणेता पनि मानिन्छ ।थोरै बाँचेर पनि नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान दिएका भट्टले विसं १९४८ मा आदिकवि भानुभक्त आचार्यको जीवनचरित्र प्रकाशनमा ल्याएका थिए ।

प्रकाशित मिति : २४ भाद्र २०७५ आइतबार ००:००  २ : ३५ बजे