७ फाल्गुन २०८१, बुधबार | Wed Feb 19 2025

आठ महिनाभित्र हवाई दुर्घटनामा ५९ जनाले ज्यान गुमाए



काठमाण्डौं ।
नेपालमा पछिल्लो आठ महिनाभित्र भएका हवाई दुर्घटनामा ५९ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा ठूलो क्षति बंगलादेशी कम्पनी युएस–बंगला एयरलाइन्स दुर्घटनामा भयो जसमा त्रिभुवान विमानस्थलमा मार्च १२ मा भएको दुर्घटनामा ५१ जनाले ज्यान गुमाए। यस्तै, अप्रिल १९ मा १३९ यात्रु सवार मालिन्दो एयरको विमान त्रिभुवन विमानस्थलमा नै दुर्घटना भयो। तर, यसमा सबै यात्रु सुरक्षित रहे। मे १६ मा सिमिकिोटमा भएको मकालु एयरको विमान दुर्घटनमा २ जनाको मृत्यु भयो।
जुन ९ मा जुम्लामा तारा एयर, जुन १६ मा पोखरामा यति एयरलाइन्स, जुन ३० मा ग्रान्डी अस्पतालमा सिम्रिकको हेलिकोप्टर र सेप्टेम्बर १ मा त्रिभुवन विमानस्थलामा यति एयरलाइन्सको विमान दुर्घटना भएको थियो। भाग्यवस यी दुर्घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ ।
शनिबार नुवाकोटको मेधाङ मैलुङपाखामा भएको अल्टिच्युड कम्पनीको हेलिकोप्टर अहिलेसम्मको पछिल्लो हवाई दुर्घटना हो। यस दुर्घटनामा छ जनाको निधन भयो भने एक जनाको जीवितै उद्धार गरिएको छ। यस्तै शनिबार भएको दुर्घटनामा मृतक भएकाहरुलाई आज राजधानी काठमाण्डौँ लगेर परिवारलाई बुझाइने बताइएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७५ आइतबार ००:००  २ : ३९ बजे