१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

धार्मिक तीर्थ गएकी बृद्धा सम्पर्कविहिन



नवलपरासी ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका घर भएकी एक वृद्धा धार्मिक तीर्थयात्रा गएको बेला भारतबाट सम्पर्क्विहीन हुनुभएको छ ।
प्रतापपुर–७ बस्ने ७० वर्षीया विपती पासी धार्मिक तीर्थयात्रा गर्न भारत गएको बेला भारत उत्तर प्रदेश मथुरा रेल स्टेशनबाट सम्पर्क्विहीन भएको स्थानीय सहबान अन्सारीले जानकारी दिएका छन् ।
घरबाट गत भदौ ११ गते तीर्थयात्रा गर्न भारत गएकी पासी गत भदौ १३ गते मथुरा रेल स्टेशनबाट सम्पर्क्विहीन भएको बताइएको छ।पासी एकाएक सम्पर्क्विहीन भएपछि आफन्त र शुभचिन्तक चिन्तित बनेका छन्।

प्रकाशित मिति : २४ भाद्र २०७५ आइतबार ००:००  २ : ४१ बजे