१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

खोलामा डुबेर रुपन्देहीमा बालकको ज्यान गयो



मायादेवी अनलाइन, कञ्चन ।
कञ्चन खोलामा डुबेर रुपन्देहीमा एक जना बालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार खोलामा डुबेर सैनामैना ११ सालझण्डी ओखारटोल बस्ने ९ वर्षीय स्कुले बालक सन्देश रेग्मीको ज्यान गएको हो । रेग्मी साथीसँग पौडी खेल्न खोलामा गएका बेला घटना भएको हो । उनी स्थानीय विद्यालयमा कक्षा ३ मा पढ्ने गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७५ सोमबार ००:००  २ : ३६ बजे