६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

विप्लवलाई वार्ताको लागि आह्वान



काठमाण्डौं ।
सरकारद्वारा गठित उच्चस्तरिय राजनीतिक वार्ता समितिले नेत्र विक्रम चन्द विप्लव समुहलाई वार्ताको लागि बोलाएको छ । समितिले विप्लव लगायत भूमिगत, अर्धभूमिगत, द्वन्द्वरत र असन्तुष्ट राजनीतिक दल तथा समूहलाई वार्तामा आउन आह्वान गरेको हो ।
वार्ता समितिले आजबाटै सार्वजनिक रुपमा वार्ताका लागि आह्वान गर्न सबैलाई खबर गरेका संयोजक तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेले जानकारी दिनुभयो । वार्ता आह्वान पूर्व समितिले पूर्व शान्ति मन्त्रीहरु, सुरक्षा निकायका अधिकारीहरु तथा सञ्चारकर्मीसँग परामर्श गरेको थियो ।

प्रकाशित मिति : २५ भाद्र २०७५ सोमबार ००:००  २ : ४० बजे