१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रकाण्डको दाङबाट यस्तो चेतावनी



दाङ । 

नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले  वर्तमान सरकारले नेपाली राजनीतिमा तिर्न नसक्ने गरी ठूलो मूल्य चुकाउनु पर्ने बताएका छन्। शुक्रबार बेलुका दाङ ल्याइएका विश्वकर्मालाई आइतबार दिउँसो अदालतमा उपस्थित गराउने क्रममा उनले यस्तो बताएका हुन्। उहाँले भन्न’ भएको छ,  ‘अबको क्रान्ति र जनताको परिवर्तन सबै कुरा गर्दा सरकारलाई गलत लाग्यो, संविधान, कानुनविपरीत लाग्यो अहिले जुन झुठ्ठा मुद्दाको खेती गरिरहेका छन्। यसको मूल्य तिर्न नसक्ने हुन्छ।’ मुद्दा लगाउने तथ्य तथा आधार केही नभएको तर राजनीतिक पूर्वाग्रहको आधारमा आफूलाई फसाउनको निम्ति झुठ्ठा मुद्दा लगाएकाले भन्दै उनले त्यसको सामना गरेर अगाडि बढ्ने बताए।

तपाईंको समकक्षी अहिले गृहमन्त्री हुनुहुन्छ तर तपाईंको हातमा हडकडी लागेको छ भन्ने पत्रकारहरूको जिज्ञासामा उनले भने, –‘कुनै समयको समकक्षीहरू अहिले आएर प्रतिक्रान्तिकारी हुन्छन्, प्रतिक्रियावादी हुन्छन्, राष्ट्रघाती हुन्छन् राजनीतिमा यस्तो हुन्छ, अहिले उहाँहरू विगतमा १० वर्षे जनयुद्धमा नेपाली समाज र नेपाली जनताको मुक्ति र परिवर्तनको निम्ति जुन हामीले सँगै संघर्ष गरेका थियौँ, पछिल्लो दिनमा उहाँहरू प्रतिक्रान्तिको कित्तामा जानुभयो, अहिले दलालरठेकदार भएर बस्नुभएको छ, यसकारण हामीले राष्ट्रका निम्ति अबको क्रान्ति र जनताको परिवर्तन साराका कुरा गर्दा उहाँहरूलाई गलत लाग्यो संविधान कानुनविपरीत लाग्यो अहिलो झुठ्ठा मुद्दाको खेति गरिहनुभएको छ।’

आठ दिन म्याद थप भोजपुर जिल्ला अदालतले रिहा गरेलगत्तै पुनः पक्राउ परेका प्रकाण्डलाई प्रहरीले शुक्रबार बेलुका दाङ ल्याइएको थियो भने आइतबार मात्रै अदालतमा पेस गरेको थियो। अदालतले आठ दिन म्याद थप गरेको छ। यही भदौ २० देखि २७ गतेसम्म म्याद थप गरिएको अदालतका स्रेस्तेदार गम्भीर रानाले बताए। थप गरिएको म्यादमध्ये अब तीन दिनमात्रै बाँकी छ। म्याद थपपछि उनलाई जिल्ला प्रहरी कार्यालयमै थुनामा राखिएको छ। गत मंसिरमा तुलसीपुरमा भएको बम काण्डमा उनी मुछिएको आरोप छ ।– थाहा खबर

प्रकाशित मिति : २५ भाद्र २०७५ सोमबार ००:००  ३ : २० बजे