८ असार २०८१, शुक्रबार | Fri Jun 21 2024

सल्यानमा पिकअप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते



सल्यान ।
आज बिहान सल्यानको शारदा नगरपालिका–१३ स्यानीखालबाट श्रीनगर आउँदै गरेको लु१च ५६६४ नं पिकअप शारदा नगरपालिका–१३ डाँगीमोडमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा बागचौर नगरपालिका–१० पिपलनेटा निवासी ५५ वर्षीया हुकुमी विक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
यसैगरी घाइते हुनेमा मृतकका श्रीमान ६५ वर्षीय बलबहादुर विक र चालक सोही ठाउँका २१ वर्षीय कमल विक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।
घाइते दुवैको श्रीनगरस्थित स्थानीय मेडिकलमा उपचार भइरहेको शाहीले बताउनुभयो । बलबहादुरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पिकअप सडकबाट झण्डै २०० मिटर तल खसेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २५ भाद्र २०७५ सोमबार ००:००  ७ : ४९ बजे