१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नारायणगढ चितवन सडक अवरुद्ध, खुलाउने प्रयास जारी



चितवन । 

पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । गएराति १ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका ६ को जलविरे, कालीखोला र चार किलोमा ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

ठूलो पहिरो खसेकाले पन्छाउन समय लाग्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।  पहिरो पन्छाउन डोजर पठाइएको पनि प्रहरीले जनाएको छ ।

मुग्लिन नरायणगढ सडकखण्डको अरु भागमा पनि स–साना पहिरो खसेका छन् । सोमबार पनि पहिरोका कारण केही घण्टा बाटो अवरुद्ध भएको थियो ।

सोमबार बेलुकी ५ बजे खसेको पहिरो साढे ६ बजेतिर हटाइए पछि गाडी चलेका थिए  । तर राति फेरि ठूलो पानी परेकाले पहिरो खस्दा गाडीको आवागमन ठप्प भएको छ । सडक बन्द हुँदा हजारौ यात्रु सडकमै अलपत्र परेका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०७५ मंगलबार ००:००  २ : ४५ बजे