१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

जोशी आजबाट नियमित काममा फर्कदै



काठमाण्डौं ।

संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशी आजबाट नियमित काममा फर्कनु हुने भएको छ ।

नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको स्वागतका लागि आइतबार सर्वोच्च अदालत पुग्नु भएका जोशीले आज देखि नियमित काममा फर्कने बताइसक्नु भएको छ ।

जोशी प्रधानन्यायाधीशबाट रोकिएपछि घरबिदामा बस्नु भएको थियो । जोशीले आफूले प्रधानन्यायाधीश नभएर कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेको बताउनुभयो ।

 

प्रकाशित मिति : २६ भाद्र २०७५ मंगलबार ००:००  २ : ४७ बजे