२ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025

नक्कली सामान बेच्ने गिरोह प्रहरीको नियन्त्रणमा



रुपन्देही ।
हुबहु नक्कल गरेर नक्कली सामान बेच्ने गिरोहलाई रूपन्देही प्रहरीले कारबाही गरेको छ । बर्षौंदेखि बिक्री बितरण हुँदै आएको हर्पीक ब्राण्डको सामग्रीको नक्कल गरि उत्पादन गर्ने कम्पनिका प्रतिनिधी सहीत ठूलो परिमाणमा नक्कली हर्पीक समेत प्रहरीले नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय रन्यौरा मुर्गीयाले नक्कली हर्पिक बजारमा बेच्दै गरेको अवस्थामा आईतबार गाडी सहित एक जनालाई पक्राउ गरेको थियो । बा.१४ च ९६१२ नम्बरको गाडी सहित मकवानपुरी गाउँपालिका ६ मकवानपुरका २२ वर्षिय सुमन प्रसाद सापकोटालाइ शनिबार पक्राउ गरेको थियो ।
सापकोटाले मुर्गियामा रहेको बेलवासे किराना पसलमा नक्कली हर्पिकलाइ सक्कली हर्पिक भनेर पसलमा बेच्दै गर्दा व्यापारीलाई शंका लागेपछि प्रहरीलाई खबर गरेको पसल संचालक शोभाखर बेलबासेले बताए ।
गण्डकी केमिकल्स प्रा.लि काठमाडौंको चलानी लिएर सामान बेच्न हिँडेका सापकोटाले काठमाडौं बाट ५४० पिस हर्पिक लिएर आएको चलानीमा देखिए पनि प्रहरीले २२८ पिस हर्पिक मात्र फेला पारेको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक केशब बहादुर बस्नेतले बताए । फेला पारेको नक्कली हर्पिकलाई प्रहरीले वरामद गरेको छ ।
गण्डकी केमिकल्स प्रा.लिले कम्पनी रजिस्टार कार्यालयमा दर्ता गरेको फर्मबाट के सामान उत्पादन गर्ने हो त्यो उल्लेख नगरेको प्रहरीले जनाएको छ । कम्पनिले बजारबाट हर्पीकका पुरानो बोटल ल्याई त्यसमा नक्कली हर्पिक हाली बजारमा बेच्ने गरेको समेत खुलासा भएको छ । भारतमा निर्मीत हर्पीकको उत्पादक रेकेट बेन्काईजर ईण्डीया लिमीटेडले २०४२ साल देखि नेपालमा ट्रेडमार्क दर्ता गर्दै बिक्री गर्दै आएको छ ।
नक्कली सामान उत्पादन गर्ने ब्यवसायीलाई उपभोक्ता संरक्षण ऐन तथा नक्कली उत्पादन गर्ने किर्ते ऐन अनुसार कारवाहि गर्न हर्पीकका बुटवलका अधिकृत बिक्रेता युवराज आचार्यले माग गरे । लामो समय देखि नक्कली हर्पिक बजारमा बिक्रि हुँदै आएको थाहा पाएपछि अनुगमन गर्दै हिँडेको आर बि आइ कम्पनीका प्रतिनिधि चन्द्रकान्त आचार्यले बताए ।

प्रकाशित मिति : २६ भाद्र २०७५ मंगलबार ००:००  २ : ५९ बजे