६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

सिद्धार्थ क्याम्पसमा आत्महत्या सम्बन्धि सचेतना कार्यक्रम



मायादेवी अनलाइन, जीतपुर ।

विश्व आत्महत्या रोकथाम दिवस आज देशभर बिभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइएको छ । आत्म हत्या रोकथामका लागि सहकार्य गरौँ भन्ने मूल नाराका साथ देशभर बिभिन्न कार्यक्रम सम्पन्न भएको हो ।

पछिल्लो समय विश्वमा चुनौतिपूर्ण बन्दै गइरहेको आत्महत्या समस्या र यसको रोकथामका कपिलवस्तुको सिद्धार्थ क्याम्पस बुङ्चीमा पनि आत्म हत्या रोकथाम दिवसमा सचेतना कार्यक्रम  सम्पन्न भएको छ ।

क्याम्पस प्रमुख बालाराम ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पत्ताल भैरहवाकी मनोचिकित्सक डा. श्रेया पौडेलले विश्वमा बढ्दै गएको आत्महत्या र यसको रोकथामका बिषयमा प्रशिक्षण दिनु भएको थियो ।

त्यस्तै इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक चन्द्र बहादुर केसीले आत्महत्या सामाजिक अपराध भएको भन्दै यसमा नलाग्न सबैको ध्यानाकर्षण गर्नु भएको थियो । इलाका प्रहरी कार्यालयले दिएको तथ्याङक अनुसार २०७३ देखि ७५ सम्म आइपुग्दा पिपरामा ३२ जनाले आत्म हत्या गरेका छन् । प्रहरी निरिक्षक केसीले मृतकहरुमा २८ देखि ४५ बर्ष उमेर समुहका मानिस रहेको बताउन’ भयो ।  ।

क्याम्पसका प्राध्यापक राजकुमार अर्यालको संयोजकत्व, गोविन्द खनालको संचालनमा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख बालाराम ज्ञवाली, मनोचिकित्सक कमला पौडेल लगायतले बोल्नु भएको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक ४० सेकेण्डमा ३ जना व्यक्तिको ज्यान जाने गरेको तथ्यांक छ  ।

प्रकाशित मिति : २६ भाद्र २०७५ मंगलबार ००:००  ३ : ११ बजे