१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

भेटीका भरमा स्वर्गद्वारी आश्रम



प्यूठान ।
स्वर्गद्वारी आश्रम भेटीका भरमा सञ्चालन भइरहेको छ । आश्रम सञ्चालन गर्न बजेट अभाव हुँदा भेटीको भर पर्नु परेको हो । गत आवमा आश्रममा झण्डै एक करोड ७० लाख भेटी सङ्कलन भएको थियो ।
उक्त रकम आश्रम सञ्चालनमा खर्च हुने गरेको आश्रमका लेखापाल वासु भट्टराइले जानकारी दिनुभयो । आश्रममा तेलमा मात्रै करीब ७० देखि रु ८० लाख खर्च हुन्छ । गाईपालन गर्न मासिक तीन लाखभन्दा बढी खर्च हुन्छ । गाईका लागि मासिक पाँच क्विन्टल दाना किन्नुपर्छ । दैनिक तीन क्विन्टल चामल प्रयोग हुन्छ ।
अहिले जेनतेन आश्रम सञ्चालन भइरहेको भट्टराई बताउनुहुन्छ । आश्रममा हाल करीब १५० कर्मचारी कार्यरत छन् । आश्रममा सञ्चालन गरिएको वेद पाठशालामा बटुक तथा शिक्षकलाई खाना, आवास र तलबमा पनि वर्षेनी खर्च हुन्छ । (रासस)

प्रकाशित मिति : २६ भाद्र २०७५ मंगलबार ००:००  ३ : १६ बजे