१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नारीहरुको महान पर्व तीज शुरु, आज दर खाने दिन



मायादेवी अनलाइन, कपिलवस्तु ।

हरितालिका तीजको अघिल्लो दिन, नेपाली हिन्दु नारीहरुले विभिन्न मिष्ठान्न परिकारका साथ आज दर खाएर तीज पर्व धुमधामपूर्वक मनाउँदै छन् ।

भोली पल्ट बस्ने निराहार व्रतको अघिल्लो दिन मिष्ठान्न परिकारका साथ दर खाने परम्परा छ । तीज मनाउन माइतमा भेला भएका चेलीबेटीलाई माइतीहरुले खिर, ढकनी, हलुवा, विभिन्न मिठाई तथा दुध घ्यूबाट बनेका परिकार दरका रुपमा खाने चलन भएको छ ।

तीजका दिन दिनभर निराहार व्रत बस्नका लागि पुग्ने गरी भाद्र शुक्ल द्वितीयाका दिन दश पटक खाने चलन छ । द्वितीयाका दिन राति १२ पछि भाद्र शुक्ल चौथीका दिनसम्म बिहान गणेश पूजा गरी सूर्यलाई अघ्र्य दिएर मात्र खाने परम्परा छ ।

यता स्वास्थ्यकर्मीहरुले दर खाँदा स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्ने तत्व नखान तथा अखाद्य वस्तु, रंग हालेका मिठाई तथा विषादी हालेका तरकारी र फलफूल नखान आग्रह गरेका छन् । सजावटमा राखिएका मिठाई तथा फलफूल भन्दा घरमै बनाइएका ताजा परिकार खाएर तीज मनाउन चिकित्सकको सुझाव छ ।

प्रकाशित मिति : २६ भाद्र २०७५ मंगलबार ००:००  ३ : २० बजे