१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा



चितवन ।
पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड झण्डै १८ घण्टापछि सञ्चालनमा आएको छ ।
मंगलबार बिहान साढे एक बजेदेखि अवरुद्ध बनेको सडक आज बेलुका ७ बजेदेखि सञ्चालनमा आएको हो । चितवनको चारकिलो भन्ने ठाउँमा खसेको पहिरो हटाएपछि यातायात सञ्चालनमा आएको मुग्लिन प्रहरीले जनाएको छ ।
रातिदेखि नै सडक अवरुद्ध भएका गाडी चापमा हुँदा लेन अनुसार अघि बढ्न गाडी चालकलाई प्रहरीले आग्रह गरेको छ । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध हुँदा यात्रुको बिचल्ली भएको थियो । ४ वटा डोजरले पहिरो पन्छाएपछि अहिले यातायात सञ्चालनमा आएको हो ।

प्रकाशित मिति : २६ भाद्र २०७५ मंगलबार ००:००  ४ : १५ बजे