९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

पूर्वी नेपालमा भूकम्पको धक्का महसुस



मायादेवी अनलाइन, काठमाण्डौ ।

पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको छ । नेपाली समय अनुसार बिहान १० बजेर ३७ मिनेटमा भारतको आसाम केन्द्रबिन्दु भएर ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएपछि त्यसको नेपालका सुनसरी, मोरङ, झापा लगायत ठाउँमा पनि महसुस गरिएको थियो ।

भारतका उत्तरपूर्वी तथा पश्चिम बंगालका विभिन्न ठाउँमा ठूलो धक्का महसुस भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।बंगलादेशमा पनि भूकम्पको धक्का महसुस भएको अन्तर्रािष्ट्रय सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७५ बुधबार ००:००  ७ : ०४ बजे