८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

दुईतर्फी रुपमा नारायणगढ–मुग्लिन सडक सञ्चालन



चितवन ।

पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी रुपमा सञ्चालनमा आएको छ ।  विभिन्न ठाउँमा गएको पहिरोले सोमबार राति १ बजेदेखि अवरुद्ध बनेको यस सडक खण्ड मंगलबार साँझ ६ बजेदेखि एकतर्फी मात्र सञ्चालन गरिएको थियो ।

सबै ठाउँको पहिरो हटाएर बुधबार साँढे ११ बजेदेखि सडक दुईतर्फी रुपमा सञ्चालन गरिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रवक्ता इञ्जिनियर शिव खनालले जानकारी दिएका छन।

सकड सुचारु भएसँगै दुवैतर्फ रोकेर राखिएका सवारी गन्तव्यतर्फ जान थालेको इञ्जिनियर खनालले बताए । सोमबार राति परेको अविरल वर्षाका कारण नारायण–मुग्लिन सडकको चार किलोमा ठूलो पहिरो गएको थियो । त्यसैगरी  घुमाउने, रिग्दीखोला, जलविरे, गाईघाटमा पहिरो गई सडक अवरुद्ध बनेको थियो ।

प्रकाशित मिति : २७ भदौ २०७५ बुधबार ००:००  ८ : ०७ बजे