८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरि मनाइदै



काठमाण्डौं ।
‘बालमैत्री शासन, बाल अधिकारीको सम्मानं’ भन्ने मूल नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइदैछ ।
दिवसको अवसरमा विभिन्न संघ संस्थाले बेग्ला बेग्लै कार्यक्रमको आयोजना गरेका छन् भने विद्यालयहरुले पनि विद्यार्थीलाई सहभागी गराएर गरिने कार्यक्रमको आयोजना गरेका छन् ।
नेपालले बालअधिकार सम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्रा्ष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७५ शुक्रबार ००:००  २ : ५२ बजे