१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बलात्कार पछि हत्या गर्नेलाई जन्मकैदको फैसला



बिष्णु कुमार आले, अर्घाखाँची ।
बलात्कारपछि हत्या गरेको अभियोगमा एकजनालाई अर्घाखाँचीको जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालत अर्घाखाँचीले ३४ वर्षीय विक्रम रानालाई जन्मकैदको फैसला सुनाएको हो ।
जिल्ला न्यायाधीश रामचन्द्र पौडेलको एकल इजलाशले दाङ जिल्ला गडवा गाउँपालिका-१ बस्ने ३४ वर्षीय विक्रम रानालाई जन्म कैदको फैसला सुनाएको हो ।
बलात्कारमा सहयोगी बनेका दाङकै राप्ती गाउँपालिका भालुवाङ-१ निवासी ३० वर्षीय दिवश शाहीलाई १ वर्ष ६ महिना कैद गरिएको श्रेष्तेदार मोहनप्रसाद बेल्वासेले जानाकारी दिए। रानाले २०७४ फाल्गुन २० गते राति सितगंगा नगरपालिका-८ सिद्धारा जामुने सामुदायिक वन अर्घाखाँचीमा दाङ जिल्ला राप्ती गाउँपालिका १ बस्ने मुस्कान नेपाली परियारलाई बलात्कारपछि हत्या गरेका थिए ।
परियारको शब जगंलमा अर्को दिन फाल्गुन २१ गते नग्न अवस्थामा प्रहरीले फेला पारेको थियो । मृतकका श्रीमान बसन्त दमै परियारले जाहेरी दिएका थिए । मृतकका छोराछोरीलाई क्षतिपूर्ति वापत दुई लाख तत्काल राज्यबाट उपलब्ध गराउन फैसलामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७५ शनिबार ००:००  २ : ५० बजे