८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

बढिघाट खोलाको खतरा टर्दै, विस्तारै पानी बग्न थाल्यो



शिवलाल सुवेदी, गुल्मी ।
बाग्लुङ्गको भिमगिठ्ठे नजिकै ठुलो पहिरो जाँदा गुल्मीका हजारौ बस्ती जोखिममा परेका छन् । ढोरपाटन नगरपालिका र बढिघाट गाउँपालिकाको सिमनामा पर्ने तुरतरे देउरालीमा पहिरो खसेको छ । त्यस क्षेत्रकै सवै भन्दा ठुलो खोला ६ घण्टादेखि अबरुद्ध हुँदा तीन किलोमिटर पानीको ताल बनेको पत्रकार रविलाल पौडेलले बताए । अहिले भर्खरै पानी ओभरअल भएर बग्न थालेकाले भर्खरै फुट्ने सम्भावना कम रहेको पौडेलले बताए ।

खोला थुनिए पछि बाग्लुङ्गका खार र खर्बाङ्ग बजार तथा गुल्मीको मुसिकोट नगरपालिकाका वामी, भुवाचिदी, आँपचौर, बडागाउँको ग्वादीकाचौर, चन्द्रकोट गाउँपालिकाको मजुवा बजार, सत्यवति गाउँपालिकाको जोहाङ्ग खैरेनी, चोरकाटे बजार र रुद्रवेणी बजारका घरहरु उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेले बताए । उनले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले जोखिममा रहेका खोला नजिकका बस्तीहरुमा माइकिङ्ग गरिरहेको बताए ।

प्रमुख जिल्ला अधिकारी पौडेलले सवैलाई सुरक्षित भएर बस्न आग्रह गरेका छन् । साथै जिल्ला प्रहरी प्रमुख दिपक बस्नेतले खोला किनारका मानिसलाई सुरक्षित स्थानमा सार्ने काम भैरहेको बताए । बाग्लुङ्गको बढिघाट गाउँपालिका ७ का वडाध्यक्ष कृष्ण गुरुङ्गका अनुसार मलकट्ठीबाङ्गका करिव एक दर्जन घर डुवानमा परेका छन् । उनले खोला थुनिएपछि त्यसपछि तलको भागमा पानी सुख्खा रहेको गुरुङ्गले बताए ।

प्रकाशित मिति : ३० भाद्र २०७५ शनिबार ००:००  ३ : ३३ बजे