८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

सुर्खेतमा एक प्रहरी मृत फेला



सुर्खेत । 

सुर्खेतमा एक प्रहरी जवान मकैबारीमा मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय दाङको घोराहीमा कार्यरत प्रहरी जवान अमरबहादुर बोहोरा गुर्भाकोट नगरपालिका १२ तिकुनेमा मृत अवस्थामा फेला परेका हुन् ।

गुर्भाकोटाको तिकुनेमै घर भएका बोहोरा घरबाट १०० मिटर पूर्वमा रहेको मकैबारीमा मृत अवस्था फेला परेको प्रहरी चौकी मेहलकुनाका सई सर्व्जित बोलेलीले जानकारी दिए ।

’घटनाबारे अहिले नै केही भन्न सकिन्न,’ सई बोलेलीले भने, ‘बोहोराको अनुहारमा नीलडामजस्तो देखिन्छ तर शरीरका अन्य भागमा कहीँ कतै चोटपकट छैन।’ बोहोराको हत्या भएको वा अरु नै कारण के हो भन्ने बारे अनुसन्धान शुरु गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २ आश्विन २०७५ मंगलबार ००:००  २ : ५६ बजे