८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

फेसबुकमा अश्लील सामग्री पठाउने नार्कका डाक्टर पक्राऊ



काठमाण्डौं ।
आफ्नै विद्यार्थीलाई फेसबुकमा अश्लील सामग्री पठाएर यातना दिएको आरोपमा ललितपुर खुमलटारस्थित नेपाल कृषि अनुसन्धान परिषद् नार्कका एक वरिष्ठ डाक्टर पक्राउ परेका छन्।
आफ्ना गोप्य अंगको भिडियो तथा फोटो बनाएर एक छात्रालाई पठाएको आरोपमा प्रहरीले ५५ वर्षीय डा मेघराज तीवारीलाई पक्राउ गरेको खबर छ। डा तिवारी नार्कका पशु आहार महाशाखामा मुख्य वैज्ञानिकका रुपमा कार्यरत रहेका छन् ।
काठमाडौंको कलंकीस्थित हिमालयन कलेज अफ एग्रिकल्चर, साइन्स एन्ड टेक्नोलोजीका शिक्षक समेत रहेका तिवारीले आफ्नै छात्रालाई यौन दुव्र्यवहार गरेको तथा अश्लील सामग्री पठाएको आरोप छ ।

प्रकाशित मिति : २ आश्विन २०७५ मंगलबार ००:००  २ : ५८ बजे