८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

अख्तियारको आयुक्तमा सिफारिस घिमिरेको संसदीय सु्नुवाई विहीबार



काठमाण्डौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सिफारिस नवीनकुमार घिमिरेको संसदीय सुनुवाइ बिहीबार हुने भएको छ । संसदीय विषेश सुनुवाई समितिको आज बसेको बैठकले घिमिरेलाई बिहीबार दिउसो १ बजे सुनुवाईका लागि बोलाएको हो।घिमिरेविरुद्ध हालसम्म समितिमा कुनै पनि उजुरी नपरेकाले समितिले उनलाई सिधै सुनुवाइका लागि बोलाएको हो।
संसदीय सुनुवाई विशेष समितिबाट उनको नाम अनुमोदलन भएमा समितिले त्यसको जानकारी संवैधानिक परिषद्लाई गराउनेछ । संवैधानिक परिषद्ले राष्ट्रपतिसमक्ष त्यसको जानकारी गराएपछि राष्ट्रपतिबाट प्रमुख आयुक्त नियुक्ति हुने संवैधानिक व्यवस्था छ।गत भदौ २० गते संवैधानिक परिषद् बैठकले अख्तियारको प्रमुख आयुक्तमा घिमिरेलाई सिफारिस गरेको थियो।

प्रकाशित मिति : २ आश्विन २०७५ मंगलबार ००:००  ९ : ४२ बजे