१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आज संविधान दिवस



मायादेवी अनलाइन, कपिलवस्तु ।
आज संविधान दिवस । देशभर विभिन्न कार्यक्रम गरि मनाइदै छ । २०७२ असोज ३ गते देशमा संविधान जारी भएको थियो । संविधान जारी हुनु पूर्व देशमा अन्तरिम संविधानले काम चलाइरहेको थियो ।
संविधानसभाबाट संविधान जारी भएको नेपालमा पहिलो दिनको रुपमा आज असोज ३ गतेलाई लिइन्छ । संविधानसभाको पहिलो निर्वाचन २०६४ सालमा भएपनि त्यसले संविधान बनाउन नसकी विघटन गरिएको थियो भने संविधानसभाको दोस्रो चुनाव २०७० सालमा भएको थियो । त्यहि संविधानसभाको दोस्रो चुनावले संविधान जारी गरेको हो ।
मुलकभर आज संविधान दिवसलाई मनाउन लागिएको छ । यसैबीच दिवसको अवसरमा कपिलवस्तुका विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाले कार्यक्रम आयोजना गरेका छन । जिल्ला समन्वय समिति कपिलवस्तुले पनि आज संविधान दिवसलाई मनाउन थालेको छ । यस्तै जिल्लाका विभिन्न राजनीतिक दलहरुले पनि संविधान दिवस मनाउन लागेको जानकारी दिएका छन ।

प्रकाशित मिति : ३ आश्विन २०७५ बुधबार ००:००  ६ : ३५ बजे