१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पहेँलो वस्त्रधारी साधुलाई कडा नियम, अर्घाखाँचीले लगायो जिल्ला प्रवेशमा रोक



सन्धिखर्क ।
पहेँलो कपडामा भारतका विभिन्न शहरबाट आउने साधुलाई अर्घाखाँची प्रवेशलाई रोक लगाइएको छ । भारतबाट आएर हात हेर्ने तथा ग्रह दशा हेर्ने नाममा सोझासाझा नागरिकलाई ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले साधुलाई जिल्ला आगमनमा रोक लगाएको हो ।
विभिन्न व्यक्तिहरुको हजारौं रुपैयाँ ठगी गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गर्दा उनीहरुले विभिन्न नाममा ठगी गरेकोले र एकपटकको लागि सम्झाइ–बुझाई फिर्ता पठाएको अर्घाखाँची प्रहरीले जनाएको छ ।
विभिन्न कार्यालय र संघसंस्थाबाट प्रमाणपत्र समेत लिएर हिँडेका पहेँलो वस्त्रधारी भारतीय नागरिकले सोझासाझा व्यक्तिको भविष्यवाणी गरिदिने भन्दै भ्रममा पारेर ठगी गरेको प्रहरीको भनाई छ ।
भविष्यवाणी गर्नेहरुप्रति विश्वास नगर्न समेत जिल्ला प्रहरी कार्यालयले अनुरोध समेत गरेको छ । साथै कुनै पनि अपरिचित व्यक्ति आएमा जिल्ला प्रहरी कार्यालयमा जानाकारी दिन समेत प्रहरी निरीक्षक खिमबहादुर घर्तीले आग्रह गर्नुभयो ।

प्रकाशित मिति : ३ आश्विन २०७५ बुधबार ००:००  ६ : ३७ बजे