१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सिके राउतका ५० जना कार्यकर्ता पक्राउ



धनुषा ।

जनकपुरमा संविधानको विरोधमा कालो दिवस मनाउने तयारीमा रहेका स्वतन्त्र मधेश गठबन्धनका ५० जनाभन्दा बढी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरको विभिन्न स्थानबाट डा. सिके राउतको कार्यकर्ताहरुलाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो ।

अलग मधेशको माग गर्दै आन्दोलनरत्त डा. सिके राउत नेतृत्वको गठबन्धनले आज संविधान दिवसको अवसरमा जनकपुरको बाह्रविघा रंगभूमि मैदानमा कालो दिवस मनाउने तयारी गरेका छन् ।

पूर्व घोषित कार्यक्रम अन्तर्गत डा. सिके राउतले आज मनाउने भनेको कालो दिवस कार्यक्रम असफल पार्न प्रहरीले पहिलादेखि नै सुरक्षा व्यवस्था कडा गरेको छ । त्यस्तै राउतका कार्यकर्ता माथि निगरानी बढाएको छ भने डा. राउतलाईसमेत खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

बाह्रविघा मैदानमा भव्यताका साथ कालो दिवस मनाउन स्वतन्त्र मधेश गठबन्धनले ‘चलु जनकपुर , भरु जनकपुर ’ नारा दिँदै व्यापक प्रचार प्रसार गर्दै आएका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७५ बुधबार ००:००  ६ : ५१ बजे