१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

झुण्डिएर एक युवकले गरे आत्महत्या



गणेश बेल्बासे ‘संगम’, अर्घाखाँची ।
अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं.९ गोथ्राके टोलाका एक युवकले झुन्डिएर आत्महत्या गरेका छन् ।
शितगंगा नगरपालिका वार्ड नम्बर ९ गोथ्राके निवासी खमानसिंह बुढामगरका काईला छोरा २८–२९ वर्षिय रेशम बुढामगरले गएको सोमबार बिहान भारतको चन्डीगढमा आफुले काम गर्ने अफिसको ५ तला माथिको बाथरूममा झुण्डिएर आत्महत्या गरेका हुन् ।
विवाह बन्धनमा बाधिएका रेशमको एक छोरा र श्रीमती गर्भवती रहेको स्थानीयवासीले बताएका छन । मंगलबार उनका बाबुआमा भारतको चन्डीगढको घट्ना स्थलमा हिडेको बुझिएको छ । आत्महत्या के कारणले गरेका हुन भन्ने बारेमा खुल्न सकेको छैन । साथै अर्घाखाँचीमा पछील्लो समय आत्महत्या गर्नेको संख्या बढेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७५ बुधबार ००:००  ७ : २३ बजे