१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलवस्तु लगायत प्रदेश ५ मा यातायात ठप्प, जनजीवन प्रभावित



इमरान खान, कपिलवस्तु ।
कपिलवस्तुमा सवारी चालकहरुले आज दोस्रो दिन पनि सवारी नचलाउँदा कपिलवस्तु लगायत प्रदेश ५ को जनजीवन प्रभावित भएको छ । नयाँ कानुनले चालकहरुलाई तेस्रो दर्जाको नागरिकजस्तो व्यवहार गरेको भन्दै उनीहरुले मंगलबार देखि सवारी साधन चलाउन बन्द गरेका हुन् ।
भदौ १ गते देखि जारी भएको नयाँ कानुन अनुसार सवारी साधन दुर्घटनामा ज्यान गए चालकलाई कम्तीमा ५ वर्ष कैदको व्यवस्था मान्य नहुने उनीहरुको भनाइ छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको अगुवाइमा विरोधमा उत्रिएका चालकहरुले असोज १ गते आफ्नो सवारीसाधनको चावी सवारीमालिकलाई बुझाएका थिए ।
असोज २ गते सवारी अनुमतिपत्र संकलन गरेर जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई फिर्ता गर्ने कार्यक्रम घोषणा गरेका थिए ।

प्रकाशित मिति : ३ आश्विन २०७५ बुधबार ००:००  ७ : २७ बजे