८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

धनबहादुर पुर्वपक्षका लागि चलान



शिवलाल सुवेदी, गुल्मी ।

यता गुल्मीको इस्मा गाउँपालिका ५ का धनबहादुर चुदारो पुर्वपक्षका लागि कारगार चलान भएका छन । भदौ ७ गते स्थानीय एक अपाङ्ग महिलालाई जवरजस्ती करणी गरेको आरोपमा ५६ बर्षिय धनबहादुर पुर्वपक्षका लागि कारागार चलान भएका हुन ।

खेतमा पानी लगाएर घर फर्कदा आफुलाई जवरजस्ती करणी गरेको पिडीतको जाहेरी अनुसार प्रहरीले उनलाई पक्राउ गरि जवरजस्ती करणी मुद्धा चलाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिपक कुमार बस्नेतले जानकारी दिनुभयो ।

प्रहरी कार्यालय गुल्मीका मुद्धा शाखा प्रमुख शिव बहादुर खत्रीले दिएके जानकारी अनुसार पुर्वपक्षका लागि जेल चलान भएका धनबहादुर चुदारो दोषि ठहर भएमा ७ बर्षदेखि १० बर्षसम्म जेल चलान हुने बताउनुभयो ।

अहिले अनुसन्धानकै क्रममा पुर्वपक्षका लागि पठाएका छौ उहाले भन्नुभयोे‘ दोषि देखिएमा ७ देखि १० बर्षसम्म र अपाङ्गलाई जवरजस्ती गरेको कानुन अनुसार थप ५ बर्ष हुनसक्छ ।’ पछिल्लो समय गुल्मीमा पनि जवरजस्ती करणीका घटना बढ्दै गएको प्रहरी तथ्याङ्गमा उल्लेख छ ।

प्रकाशित मिति : ४ आश्विन २०७५ बिहिबार ००:००  २ : ४३ बजे