८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

बडिगाड ताल फुटाउन अध्ययन



बागलुङ ।
गत भदौ २९ गते पहिरो खसेर थुनिएको ढोरपाटन नगरपालिका–२ सिमलचौरस्थित बडिगाड खोला अझै खुल्न सकेको छैन । पहिरोसँगै कडा चट्टान खोलामा थुप्रिएपछि ताल बनेको छ ।
खोलामा बनेको ताल फुटाउन नेपाली सेनाको प्राविधिक टोलीले अध्ययन थालेको छ । सुरक्षित तरिकाबाट ताल फुटाउन नेपाली सेनाको पश्चिमाञ्चल पृतना कार्यालय पोखराबाट सेनानी बलबहादुर थापा नेतृत्वको ११ जनाको प्राविधिक टोली सो क्षेत्रमा पुगेको छ । स्थानीयवासीले चाँडो तालको पानी निकास गर्न माग गरेका छन् ।
लोकमार्ग सञ्चालनबारे छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बताउनुभयो । पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध छ । सडक अवरुद्धसँगै बुर्तिवाङ हुँदै अन्यत्र जाने यातायातका साधन बाटोमै थन्किएका छन् । बुर्तिवाङ निसी भूजी तमान क्षेत्रमा यात्रु अलपत्र छन् । लोकमार्ग अवरुद्ध भएपछि वैकल्पिक मार्गको खोजि भइरहेको छ । (रासस)

प्रकाशित मिति : ४ आश्विन २०७५ बिहिबार ००:००  २ : ५० बजे