८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

अख्तियार : घिमिरेको संसदीय सुनुवाई आज हुने



काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस नवीनकुमार घिमिरेको संसदीय सुनुवाई आज हुने भएको छ । संसदीय सुनुवाई विशेष समितिको दिउँसो १ बजे बस्ने बैठकले  घिमिरेको सुनुवाई गर्ने समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

संवैधानिक परिषदले २० गते घिमिरेलाई अख्तियारको प्रमुख आयुक्तका लागि सिफारिस गरेको थियो ।संसदीय सुनुवाई विशेष समितिले नाम अनुमोदन गरे अख्तियारको प्रमुख आयुक्तमा घिमिरेलाई राष्ट्रपतिले नियुक्ती गर्ने संवैधानिक व्यवस्था छ ।

२०७१ सालमा आयुक्त नियुक्त भएका घिमिरेले २०७४ साल माघ २९ गतेदेखि अख्तियारको कार्यबहाक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ ।

 

प्रकाशित मिति : ४ आश्विन २०७५ बिहिबार ००:००  ४ : ०८ बजे