१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आपसी विवादमा कुटपिट गरी हत्या, पाँच पक्राउ



नवलपरासी ।

नवलपरासी पूर्वको विनयीत्रिवणी गाउँपालिकामा विहीबार एकजनाको हत्या भएको छ । विनयी त्रिवेणी गाँउपालिका १ मा रहेको बाग्लुङ कालिका क्रसर उद्योगभित्र आपसी विवाद भएर झगडा हुँदा विनयी त्रिवेणी गाउँपालिका दुईका २५ वर्षीय रुपेश महत्तोको हत्या भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी लीलाराज लामिछानेले बताउनुभयो ।

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका २२ वर्षीय सुरज काउचा मगर, ३४ वर्षीय सन्तोषबहादुर थापा,  १९ वर्षीय सागर थापा, १९ वर्षीय मनोज जंग कट्टेल र २२ वर्षीय दिपेन रोक्का रहेका छन् ।

सुरज काउचा मगर र मृतक महत्तोबीच बुधबार दिउँसोदेखि नै विवाद भएको र राति मगर सहित गएका ५ जनाले कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट गम्भीर घाइते भएका महत्तोलाई स्थानीयले उद्धार गरी मध्यविन्दु सामुदायिक अस्पताल डण्डामा ल्याए पनि उपचारका क्रममा मृत्यु भएको हो ।  घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७५ शुक्रबार ००:००  १२ : ४७ बजे