१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रेस युनियन रुपन्देहीमा भुसाल सभापति चयन



बुटवल ।
नेपाल प्रेस युनियन रुपन्देहीको अधिवेशनले रेखा भुसालको सभापतित्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वा्चित गरेको छ । जसको उपाध्यक्षद्वयमा दीपक घिमिरे र कविन्द्र नेपाल, सचिवमा श्यामशंकर पाण्डे, सहसचिवमा कल्पना तिवारी र कोषाध्यक्षमा झविन्द्र देवकोटा निर्वाचित हुनुभएको छ ।
यस्तै सदस्यहरूमा आचार्य प्रदीप, गोविन्द बस्नेत, कृष्ण भण्डारी, भुवन जिसी, सीता गौतम बराल, मीना पौडेल, कमला पाण्डे अधिकारी, खेमानन्द पाठक, राजकुमार यादव र विकास गौतम निर्वा्चित हुनुभएको छ ।
यस्तै केन्द्रीय प्रतिनिधिहरूमा हरि लम्साल, खिमानन्द भट्टराई, यमलाल भुसाल, भवानीप्रसाद पाण्डे, डायलसन अधिकारी, विक्रम खड्का, सी.पी. खनाल, तेजेन्द्र केसी, विजय पोखरेल, दामोदर खनाल, गोविन्द खनाल, राधेश्याम राजभण्डारी, छवि पाण्डे, रामविकास चौधरी, माया गौतम, शारदा मल्ल, मीना ढकाल, रमेश अर्याल, फुलु सुनार,सञ्जु पौडेल, सीता शर्मा, अमृत पाण्डेलगायत हुनुहुन्छ ।
यस्तै प्रदेश प्रतिनिधिहरूमा रामराज पोखरेल, विश्वास ढकाल, कपिल ज्ञवाली, सुदीप भण्डारी, प्रवीण गाहा, अर्जुन ज्ञवाली, दिनेश खड्का, डिल्लीनारायण पाण्डे, चण्डी वस्याल, मिनप्रसाद गैरे र सलमान खान लगायत हुनुहुन्छ ।

प्रकाशित मिति : ५ आश्विन २०७५ शुक्रबार ००:००  १२ : ४९ बजे