१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

रामपुरका किशोर ३ दिनदेखि बेपत्ता



पाल्पा । 

पाल्पाको रामपुर नगरपालिका वडा नं ८ रानीबासका शैलेन्द्र अर्याल ३ दिनदेखि बेपत्ता भएका छन् । आनन्द निकेतन विद्याश्रममा कक्षा १० मा अध्ययनरत १७ वर्षीय शैलेन्द्र मंगलबार साँझ देखि परिवार तथा आफन्त कसैको सम्पर्कमा नआएको बताइएको छ ।

पारिवारिक स्रोतका अनुसार असोज २ गते साँझ स्कुलबाट घर फर्केका अर्याल झोला राखेर बाहिर निस्केका थिए । अघिल्लो दिन स्कुलमा साथीभाइबीच सामान्य विवाद भएको थियो ।

प्रकाशित मिति : ५ आश्विन २०७५ शुक्रबार ००:००  १२ : ५२ बजे