१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आज विश्व शान्ति दिवस



काठमाण्डौं ।
आज सेप्टेम्बर २१ । ३६ औँ अन्र्तराष्ट्रिय शान्ति दिवस । सन् १९८१ मा संयुक्त राष्ट्र संघको महासभाले आह्वान गरे अनुरूप सन् १९८२ देखि यो दिवस मनाउन सुरु गरिएको हो । सन् २००१ सम्म सेप्टेम्बरको तेस्रो मंगलबार मनाइँदै आएको यो दिवस २००२ देखि सेप्टेम्बर २१ मा मनाउन थालिएको छ ।

संसारका सबै देश र जनतामा शान्तिको कामना सहित यो दिवस प्रारम्भ भएको हो । नेपालमा यो दिवस २०६५ देखि मनाउन सुरु गरिएको हो । देशमा १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वको विश्राम सँगै २०६३ मंसिर ५ मा भएको विस्तृत शान्ति सम्झौताको भावना र मर्मलाई आत्मसात गर्दै नेपालले पछिल्लो समय यो दिवसलाई निरन्तरता दिँदै आएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७५ शुक्रबार ००:००  १ : २६ बजे