१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

संसारभर विश्व अल्जाइमर्स दिवस मनाइँदै



काठमाण्डौं ।
आज सेप्टेम्बर २१ । संसारभर विश्व अल्जाइमर्स दिवस मनाइँदै छ । अल्जाइमर्स डिजिज इन्टरनेसनलले सेप्टेम्बर महिनालाई ‘वर्ल्ड अल्जाइमर्स मन्थ’ का रूपमा विविध चेतनामूलक कार्यक्रम गरी मनाउँदै छ ।
नेपालको सन्दर्भमा भने यो रोगको बारेमा आम नागरिकमा मात्र नभएर स्वास्थ्यसँग सम्बन्धित जनशक्तिहरूमा पनि चेतना अत्यन्त न्यून छ, जसका कारण स्मरण शक्तिसँग सम्बन्धित यो समस्या केवल मानसिक रोगको रूपमा मात्र बुझिँदै आएको पाइन्छ ।
सामान्य रूपमा भन्ने हो भने अल्जाइमर्स बुढ्यौलीसँगै स्मरण शक्ति तथा मनमस्तिष्कका अन्य क्षमता क्रमिक रूपमा घट्दै जाने विभिन्न रोगमध्ये सबैभन्दा धेरै देखिने स्वास्थ्य समस्या हो ।
अल्जाइमर्स यस्तो रोग हो, जसलाई रोकथाम गर्न पनि सकिँदैन र पूर्ण रूपमा निको पार्न पनि सकिँदैन । हरेक तीनजना स्मरण शक्ति सम्बन्धी समस्या भएका ज्येष्ठ नागरिकमध्ये एकजनालाई अल्जाइमर्स रोग रहने गरेको पाइन्छ ।
स्मरण शक्तिसँग सम्बन्धित विभिन्न समस्याका साथमा अस्पतालमा आएर जचाएकाहरू मध्ये ६० देखि ८० प्रतिशत मानिसमा अल्जाइमर्स देखिन्छ । नेपालमा भने अल्जाइमर्सका बिरामीको यकिन तथ्यांक नभए पनि बढ्दो जनचेतना र स्वास्थ्य सेवामा आएको सुधारसँगै यस रोगका बिरामी पनि देखा पर्ने क्रम बढ्दो छ ।
अन्तर्रा्ष्ट्रिय रूपमा विशेषगरी अमेरिकी तथ्यांकअनुसार मानिसहरूको मृत्युको कारकका रूपमा रहेका प्रमुख १० रोगमध्ये अल्जाइमर्स छैटौं स्थानमा पर्छ ।
अल्जाइमर्स यस्तो रोग हो, जसलाई रोकथाम गर्न पनि सकिँदैन र पूर्ण रूपमा निको पार्न पनि सकिँदैन । हरेक तीनजना स्मरण शक्तिसम्बन्धी समस्या भएका ज्येष्ठ नागरिकमध्ये एकजनालाई अल्जाइमर्स रोग रहने गरेको पाइन्छ । त्यसैगरी ६५ वर्षमाथिका ५ दशमलव ४ प्रतिशत जनसंख्यामा यो रोग पाइन्छ ।

प्रकाशित मिति : ५ आश्विन २०७५ शुक्रबार ००:००  १ : २७ बजे