१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नवलपरासीमा रात्री बस दुर्घटना हुँदा ३२ जना घाइते



नवलपरासी ।

काठमाडौंबाट दाङका लागि छुटेको बस नवलपरासीको मध्यविन्दु ११ कुसुण्डेमा दुर्घटनामा परेको छ । दुर्घटनामा ३२ जना घाइते भएका छन् । ना ६ ख ९२९ नम्बरको बस दुर्घटनामा परेको हो ।

विपरीत दिशाबाट आउदै गरेको आर जे १४ जिसी ३८४९ नम्बरको भारतीय ट्रकसँग ठोक्किदा बस दुर्घटनामा परेको हो । बसमा कम्तीमा ६० जना सवार रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । घाइतेको पुरानो मेडिकल कलेज भरतपुर र मनकामना पोलिक्लिनिक अरुणखोलामा उपचार भैरहेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७५ शुक्रबार ००:००  २ : ३३ बजे