८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ



दाङ ।
दाङमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आशंकामा बाबुलाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका–५ की १३ वर्षीया बालिकालाई घरमै पटक–पटक बाबुले बलात्कार गर्ने गरेको सूचनाको आधारमा अनुसन्धानको लागि पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । बालिकाको योनीमा घाउ भएपछि उपचारका क्रममा बालिका बलात्कृत भएको रहस्य खुलेको हो ।
ईलाका प्रहरी कार्यालयमा किटानी जाहेरी नआए पनि अनुसन्धानको लागि उनलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रकाश सापकोटाले जानकारी दिनुभयो । ‘पीडित पक्ष उपचारको लागि जिल्ला बाहिर हुनुहुन्छ, आएपछि कानुनी प्रकृया सुरु गर्छौँ,’ डिएसपी सापकोटाले भन्नुभयो । बालिकाको उपचार दाङमा सम्भव नभएपछि जिल्ला बाहिर भइरहेको र मेडिकल रिपोर्ट आएपछि घटनाको पुष्टि हुने उहाले बताउनुभयो ।

प्रकाशित मिति : ६ आश्विन २०७५ शनिबार ००:००  १० : ०१ बजे